- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ।
गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्लुए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “इजरायली अधिकारीहरूले जनसङ्ख्याको आधारभूत आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो कानुनी दायित्वलाई बेवास्ता गरिरहेका छन्।
ट्रकहरू गाजा पट्टीमा प्रवेश गर्ने वित्तिकै आवश्यक क्षेत्रमा वितरणका लागि पठाइने छ । शरणार्थीको बाँचन पाउने अधिकारका लागि कार्यरत निकायले जिम्मेवारीहरूलाई जारी राखिरहनेछ ।”
आटाको चरम अभावका कारण देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोगप्राप्त आठवटै भण्डार हप्तौंदेखि कम क्षमतामा सञ्चालन भइरहेको र धेरै पूर्ण रूपमा बन्द गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
“तत्काल हस्तक्षेप नगरेमा खाद्यान्नको गम्भीर अभाव अझ विकराल हुने निश्चित छ र यसले बाँच्नका लागि मानवीय सहायतामा निर्भर रहेका २० लाखभन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्नेछ,” विज्ञप्तिमा भनिएको छ ।