arrow

छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
khelkud-machhapuchhre.jpg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । जसमा मार्चपासतर्फ सागर मेमोरियल बोर्डिङ स्कुल प्रथम, शुक्लागण्डकी मावि द्वितीय, सारदा मावि तृतीय भएको छ ।

यस्तै एक हजार पाँच सय मिटर दौडमा माछापुच्छ्रे माविका अनुप नेपाली प्रथम, निष्पक्ष माविका नवीन विक द्वितीय, उदय माविका कुशल नेपाली तृतीय भए ।

यता, महिला एक हजार पाँच सय मिटर दौडमा बराह माविकी पूर्णीमा नेपाली प्रथम, उदय माविकी सरस्वती भण्डारी द्वितीय, महेन्द्र माविकी सम्झना अधिकारी तृतीय भएका छन् ।

यस्तै पुरुष चार सय मिटर दौडमा शुक्लागण्डकी माविका पृतम परियार प्रथम, बराह माविका रोहित परियार द्वितीय, महेन्द्र माविका अरुण परियार तृतीय भए ।

यता, महिला चार सय मिटर दौडतर्फ पृथ्वीनारायण माविकी विनिता विक प्रथम, बराह माविकी विपना अधिकारी द्वितीय र शुक्लागण्डकी मावि की दिपिशा पोखरेल तृतीय भइन् ।

यसैगरी पुरुष एक सय मिटर दौडमा ज्ञानज्योति बोर्डिङ स्कुलका एलन शाही प्रथम, पृथ्वीनारायण माविका आविष्कार विक द्वितीय र शुक्लागण्डकी माविका अद्वितीय भारती तृतीय भए ।

महिला एक सय मिटर दौडतर्फ सागर मोमोरियल बोर्डिङ स्कुलकी सन्ध्या लम्साल प्रथम, शुक्लागण्डकी माविकी प्रतिज्ञा पोखरेल द्वितीय र निष्पक्ष माविकी एलीना लामिछाने तृतीय भइन् ।

यता, लगंजम्प महिलातर्फ महेन्द्र माविकी कुशुम नेपाली प्रथम, शुक्लागण्डकी माविकी प्रतिक्षा पोख्रेल द्वितीय र निश्पक्ष माविकी एलिना लामिछाने तृतीय भइन् ।

नृत्यतर्फ सागर मेमोरियल बोडिङ स्कुल प्रथम, उदय मावि द्वितीय र बराह मावि तृतीय भएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य गणेश गुरुङले खेलका माध्यमबाट स्वस्थ, सुखी र समृद्ध बन्न सकिने बताए ।

उनले खेलकै माध्यमबाट व्यक्ति, समाज र राष्ट्रलाई चिनाउन सकिने हुँदा खेलकुलाई हरेक क्षेत्रले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले खेलक्षेत्रमा गुणात्मक प्रगति गर्नका लागि आगामी दिनमा अझै रचनात्मक कार्यक्रमलाई अघि बढाउने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले खेलकुदलाई प्राथमिकतामा राखेर खेललाई निरन्तरता दिएको बताए ।

वडा नं २ का अध्यक्ष एवं प्रवक्ता गणेश आर्चायले खेलकुदका माध्यम साथै अन्य क्षेत्रमा भविष्य खेजिरहेका युवामा निरशा छाएको बताए ।

कार्यक्रममा वडा नं ९ का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिबहादुर क्षेत्रले मर्यादित, अनुशासित र लगनशील भएर खेल्न खेलाडीलाई आग्रह गरे ।

मंसिर ८ सम्म लाहाचोक महेन्द्र माविको खेल मैदानमा भएको रनिङ शिल्ड प्रगियोगितामा पालिकाभित्रका १२ विद्यालयको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ