arrow

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक किलो सुनसहित आशिष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
tia-new-81-6-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् । विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी एक किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ ।

भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौँ पुर्‍याएमा १० हजार दिने आश्वासन दिएपछि सो सुन ल्याएको उनले प्रारम्भिक बयान दिएका छन् ।

सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ