arrow

प्रचण्डको लहड

क्रान्तिकारीहरूको लडाइँ अझै टुङ्गिएको छैन- प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
prachanda-09-19.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरूको लडाइँ अझै नटुङ्गिएको बताएका छन् । बुधबार काठमाडौँमा गणतन्त्र सेनानी सम्मान-२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । 

उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरू नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको सङ्केत गरे । उनले आफूहरू अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए । उनले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औँल्याए । उनले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो । 

उनले भने ‘हाम्रो लडाइँ टुङ्गिएको छैन, हाम्रो लडाइँ जारी नै छ । हामी जति बेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरू नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरू सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको विरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदै छ । म तमाम कमान्डर कमरेडहरूलाई, डेपुटि कमान्डरदेखि अन्य कमान्डरहरूलाई विशेष रूपले ध्यानाकर्षण गर्न चाहन्छु । हामी फेरि एक चोटि प्रतिक्रियावादी र बुर्जुवाहरू सत्तामा छन्, हामी क्रान्तिकारीहरू प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढङ्गले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ