arrow

व्यापार–व्यवसाय चौपट पारेको भरतपुर महानगरको सडक निर्माण कहाँ पुग्यो ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २२ शनिबार
narayanghad-road-81-8-22-(1.jpg

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको सहरी सौन्दर्यसँग जोडिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुलचोकदेखि टिकौली जंगल छेउँको गोन्द्राङसम्म ६ किलोमिटर सडकलाई ६ लेन बनाउने काम अन्तिम चरणमा पुगेको छ । 

२०७७ भदौमा शुरु भएको सडक विस्तार बजेट पर्याप्त नहुँदा ३० प्रतिशत बाँकी रहेकोले हाल सो बाँकी काम सक्नका लागि काम भइरहेको भरतपुर डिभिजन सडक कार्यालयले बताएको छ ।

शुरुको सम्झौताअनुसार ०७९ फागुन १० मा काम सकिनुपर्ने थियो । तर आधा जति काम मात्रै पूरा भएका कारण म्याद थपेर गत मंसिर २३ सम्म सक्ने लक्ष्य दिइएको थियो । थप म्यादमा पनि काम पूरा नभएपछि फेरि म्याद थपिएको छ । 

मुख्य बजार क्षेत्र भएर जाने सडक विस्तारमा यसरी ढिला हुँदा सर्वसाधारणले सास्ती पाएका छन् भने व्यापार व्यवसाय चौपट भएको व्यवसायीहरु गुनासो गर्छन् । 

narayanghad-road-81-8-22 (1).jpg
narayanghad-road-81-8-22 (2).jpg
narayanghad-road-81-8-22 (3).jpg
narayanghad-road-81-8-22 (4).jpg
narayanghad-road-81-8-22 (5).jpg
narayanghad-road-81-8-22 (6).jpg
narayanghad-road-81-8-22 (7).jpg
narayanghad-road-81-8-22 (8).jpg
narayanghad-road-81-8-22 (9).jpg
narayanghad-road-81-8-22 (10).jpg
narayanghad-road-81-8-22 (11).jpg
narayanghad-road-81-8-22 (12).jpg
narayanghad-road-81-8-22 (13).jpg
narayanghad-road-81-8-22 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ