arrow

सिरियाली अपदस्थ राष्ट्रपतिको ग्यारेजमा भेटिए ४० महँगा कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
syria-president-car-2024.jpg

दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असादको निजी ग्यारेजमा दर्जनौँ महँगा कार भेटिएका छन् । विद्रोहीहरूले राजधानी सहर कब्जा गरेपछि भागेर रुस पुगेका असादको निजी ग्यारेजमा विश्वकै महँगा कारहरूको संकलन रहेको खुलेको हो ।

उनको सरकारी निवासमा पुगेका विद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मूल्य बराबरका कारहरू संकलन गरिएको देखिएको छ ।

अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।

फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ