arrow

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लूबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
bishnu-lu.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालन लगायतका विषयमा छलफल भएको हो ।

‘नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो, अमेरिकी सहयोगमा एमसिसी, यूएसएआईडी लगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भयो,’ अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भने ।

उनले भने, ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) बाट नेपालको निजी क्षेत्रमा पनि लगानी भइरहेकामा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पूँजी कसरी भित्र्याउन सकिन्छ भन्नेबारे उहालेँ चाँसो देखाउनुभएको छ, यसमा हामीले निजी क्षेत्रबाट लगानीलाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग हुने प्रतिबद्धता जनाएका छौँ ।’

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लूलाई आग्रह गरे ।

अमेरिकी सहायक विदेशमन्त्री लूले दक्षिण एसियाका केही देश आर्थिक रुपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे ।

उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ