arrow

बसिर सिरियाका नयाँ प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
syria-pm-basir.jpg

दमास्कस । सिरियाका नयाँ प्रधानमन्त्रीको रूपमा मोहम्मद अल बसिरले नेतृत्व गर्ने भएका छन् । बसिरले अन्तरिम प्रधानमन्त्रीको रूपमा देशको संक्रमणकालीन सरकारको नेतृत्व गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

विद्रोही समूह हयात ताहिर अल सामकोतर्फबाट इडलिब सरकारका पूर्व प्रमुख रहेका बसिर संक्रमणकालीन प्रधानमन्त्रीको जिम्मेवारी दिन लागिएको हो ।

सिरियाको नयाँ प्रशासनले मोहम्मद अल बसिरलाई संक्रमणकालीन सरकारको प्रधानमन्त्रीको रूपमा चयन गर्ने तयारी गरेको अल जजीरा अरबीले जनाएको छ । 

इडलिब सहर इस्लामवादी लडाकु समूह र यसका सहयोगीको लागि एउटा प्रान्त थियो, जहाँबाट उसले असद सरकारको बिरूद्ध दुई हप्ता अघि आक्रमण सुरु गरेको थियो। ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ