बिहीबारदेखि कमलादीमा भासिएको सडक सञ्चालन गर्ने तयारी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
754
Shares
काठमाडौँ । राजधानीको दरबारमार्गसँग जोडिएको कमलादीमा भासिएको सडक पुनर्निर्माण गरेर सवारी आवागमनको लागि तयार भएको छ । बिहीबार बिहानदेखि सडक चालु गर्ने तयारी काठमाडौँ महानगरपालिकाको रहेको छ ।
काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै भासिएको सडक असोज १८ मा निर्माण सम्झौता गरी मंसिर १७ मा निर्माण सम्पन्न गर्ने उद्देश्यसहित काम सुरू गरिएको थियो । बुधवार दिउँसोसम्म निर्माणकार्य सकाएर सडक चालु गर्न मिल्ने अवस्थामा राखिएको छ ।