arrow

पौडीबाज डुवानाले बुढापेस्टमा राखिन् राष्ट्रिय कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
duwana-lama-swimmer-2024y.jpeg

काठमाडौँ । नेपाली पौडीबाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनशिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जनाएका छन् । 

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । 

उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेरसमूहको प्रतियोगितामा बनाएको पौडी संघका सचिव गंगालाल गोलेले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ