arrow

भासिएर साउनदेखि बन्द महानगरको कार्यालयसँग जोडिएको कमलादी सडक चालु, ट्राफिक नियम पुरानै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
kamaladi-road-81-8-27-(12).jpg

काठमाडौँ । काठमाडौँको दरबारमार्गसँग जोडिएको कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ । 

पुनर्निमित सडकमा आयोजित एक कार्यक्रमकाबीच रिबन काटेर सडक खोलिएको हो । साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । 

४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भइ उद्घाटन गरिएपछि आजैदेखि सडक चालु गरिएको हो । सडक भासिनुपूर्व एक तर्फी बनाइएको यो सडक अब चालु भएसँगै ट्राफिक एकतर्फी नै चलाउने प्रहरीले जनाएको छ । 

पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउने छन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशथान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ । 

kamaladi-road-81-8-27 (1).jpg
kamaladi-road-81-8-27 (2).jpg
kamaladi-road-81-8-27 (3).jpg
kamaladi-road-81-8-27 (4).jpg
kamaladi-road-81-8-27 (5).jpg
kamaladi-road-81-8-27 (6).jpg
kamaladi-road-81-8-27 (7).jpg
kamaladi-road-81-8-27 (8).jpg
kamaladi-road-81-8-27 (9).jpg
kamaladi-road-81-8-27 (10).jpg
kamaladi-road-81-8-27 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ