एनपीएल हेर्न नेपाल आए क्रिकेट लिजेन्ड ब्रायन लारा [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
497
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अवलोकनका लागि वेस्ट इन्डिजका महान् पूर्व क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अवलोकनका लागि आज नै कीर्तिपुर मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
यसअघि बिहान आइपुगेका लारालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि क्यानका पदाधिकारीसहित खेलाडीहरू पुगेका थिए ।
केही दिन नेपालमा रहने क्रिकेटका लिजेन्ड लाराले कम्तीमा तीनवटा खेल कीर्तिपुरस्थित मैदानमा गएर हेर्नेछन् ।
विश्वविख्यात वेस्ट इन्डियन खेलाडी लारा पहिलोपटक नेपाल आएका हुन् । व्यवस्थापनमा चुकेको भए पनि क्यानले एनपीएल गरी यस्ता लिजेन्डलाई भित्राएसँगै उचाइ बढाएको छ ।