धड्कनले धेरै पटक सोधिसक्यो
किन तिम्रो नयन...
मैले कहिले गुनासो पोखिन
सदा प्रसन्न
प्रफुल्ल बनिदिएँ
हेरेर उसको मुस्कान
हुनत भनिन्छ नि
मान्छेको जात
मनभित्रको भाव
चाहन्न देखाउन कसैलाई
दोहोरो जिन्दगी
उसको बाध्यता
उसले कसैको सम्झनामै
पर्खिरहन्छ
कठिन बाटो
उसको लागि सहज बनाउँदै
लाग्छ अवरोधका स्वरहरुमा
ऊ चट्टान सरी उभिदिन्छ
हर परिस्थितिभित्रै
ऊ गुलाफसँग
प्रेरणा लिइरहन्छ
मायामा ।