दाङ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज पाण्डवेश्वर महादेव मन्त्रीको पूजापाठ गरेका छन् । मध्यपश्चिमको भ्रमणका क्रममा पूर्वराजाले दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा पूजापाठ गरेका हुन् ।
उनले सो क्रममा भेटघाटसमेत गरेका छन् । पूर्वराजा मन्दिरमा पुग्दासमेत केही राजावादीहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए ।