arrow

सरकारले 'सोसल मिडिया' प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक छिटै ल्याउँछ - सञ्चारमन्त्री गुरुङ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
prithibi-subba-09-29.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखा परेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार सङ्घको १५ औँ साधारण सभामा बोल्दै उनले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरू, जनताको सूचनाको प्रत्याभूति गरिरहेको भए पनि अनलाइन मिडियाहरूले अराजकता मच्चाउने काम गरिरहेको बताए । 

उनले संस्कृतिमाथि प्रहार गरेर समाजमा हिंसा भड्काउने काममा अनलाइन मिडिया लागेकाले यसको नियमन अहिलेको पहिलो आवश्यकता भएको बताए । अनलाइन मिडियाको अराजकताका कारण राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको बताए । उनले अनलाइन मिडियाहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता भत्काउने काम गरिरहेको बताए । 

उनले भने, ‘मलाई एउटा चिजले धेरै सताइरहेको छ । हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन । बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन । राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरू, जनताको सूचनाको प्रत्याभूति गर्दै जेजे कुराहरू गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठूलो गुनासो, आलोचना र टिप्पणी छैन । तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखा परेको जुन खालको अराजकता अनुशासनहीनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ । त्यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठिरहेको हुन्छ, राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ । हाम्रो समाजको जुन सांस्कृतिक चरित्र छ, हामीले सोसल मिडिया प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक क्याबिनेटले पास गरिसकेको छ, संसद् नभएकाले अड्किएको छ । मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ । संसद्बाट संसद् चलेपछि पास गरौँला । आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ