arrow

पुनर्निर्माणको पर्खाइमा जाजरकोट दरबार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
jajarkot-darwar-reconstruct.jpg

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । गत वर्ष कार्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक ठूला भूकम्प सहिसकेको छ । यसअघिका दुईवटा भूकम्पले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवैपटक दरबार पुनर्निर्माण गरिएकोे दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ ।

यस दरबार ऐतिहासिक तथा पुरातात्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग राखेको छ । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरुपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नुपर्छ ।

जाजरकोट दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गर्ने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले शुरु गरेको छ ।

jajarkot-darwar-reconstruction (1).JPG
jajarkot-darwar-reconstruction (2).JPG
jajarkot-darwar-reconstruction (3).JPG
jajarkot-darwar-reconstruction (4).JPG
jajarkot-darwar-reconstruction (5).JPG
jajarkot-darwar-reconstruction (6).JPG
jajarkot-darwar-reconstruction (7).JPG
jajarkot-darwar-reconstruction (8).JPG
jajarkot-darwar-reconstruction (9).JPG
jajarkot-darwar-reconstruction (10).JPG
jajarkot-darwar-reconstruction (11).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ