arrow

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
ramesh-lekhak-09-02.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । मंगलबार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। 

उनले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए । उनले यसबाटै प्रहरी कर्मचारीको कार्य दक्षता मूल्याङ्कन हुने उल्लेख गरे । उनले राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सीमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढङ्गले नियन्त्रण गर्नुपर्ने बताए । 

उनले भने, ‘सीमानामा हुने तस्करी तुरुन्त तपाईँहरूले नियन्त्रण गर्नुहोला । मैले यो गोष्ठीपछि तपाईँहरू आफ्नो आफ्नो कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेको छ, राजश्व चुहावट भइरहेको छ, उठ्नुपर्ने राजश्व उठिरहेको छैन भन्ने कुरा सुन्न नपरोस् । तपाईँहरूको मूल्याङ्कन त्यसकै आधारमा गरिनेछ, मैले यो स्पष्ट भनेको छु । राजश्वमा तलमाथि हुने कुरा, तस्करी गर्ने कुरा, सीमानामा अपराधजन्य कामहरू हुने जुन कुराहरू छन्, यो परिणाममुखी ढङ्गले देखिनुपर्‍यो नियन्त्रणमा ।’

गृहमन्त्री लेखकले आफूहरू लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटका साथ अगाडि बढेको बताए । नेपालको शासकीय स्वरूप बहुदलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संसदीय प्रणाली रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ