arrow

त्रिभुवन विश्वविद्यालयको जग्गा जसरी पनि सरकार मातहात ल्याइन्छः प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
trital-report-oli-81-9-3.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’, उनले भनेका छन् ।

 शारदाप्रसाद त्रितालको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न आयोग बनेको थियो । सो आयोगका प्रतिवेदन बुझेपछि ओलीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न पनि मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन भएको थियो । ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बनेको थियो । 

‘‘आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ, शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजी गरिने ओलीले उल्लेख गरेमन छन् ।  ‘आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ, हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ’, ओलीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ