धमाधम सुविधा सम्पन्न मैदान बन्दै सानो गौचरन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
1k
Shares
काठमाडौँ । काठमाडौँको सानो गौचरन मैदानलाई सुविधा सम्पन्न बनाउन धमाधम पुनर्निर्माण चल्दैछ ।
काठमाडौँ महानगरपालिकाले १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँमा लगाएको ठेक्काअनुसार ९६ मिटर लम्बाइ र ६२ मिटर चौडाइको खेल मैदान बन्नेछ ।
स्टेडियममा ९६ गुण ६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ ।
वरिपरि सीमा पर्खाल हुनेछ । यसमा २८ वटा चारपांग्रे र १७८ दुईपांग्रे सवारीसाधन अट्ने पार्किङ स्थल, ३९ कोठे शौचालय, एक फिजियोथेरापी कक्ष, ६ ड्रेस चेन्जिङ रुमलगायत संरचना पनि बन्नेछन् ।