-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरअन्तर्गत आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो क्वालियफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित जनकपुर आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ ।
त्यस्तै एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेको कर्णाली याक्स पनि आजको खेल जित्दै फाइनल प्रवेश गर्न चाहन्छ ।
दुवै टोली जित्नुपर्ने दबाबका साथ मैदान उत्रिँदै छन् । खेल मध्यान्ह सवा १२ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ ।