arrow

आइतबारदेखि एक साता बन्द हुने मुग्लिन–नौबिसे सडकखण्डमा यसरी हुँदैछ काम [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
mugling-naubise-highway-81-.jpg

मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ । 

सडकखण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।

नागढुंगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । सो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । 

यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने छ ।
 

mugling-naubise-highway-81-9-6 (4).jpg
mugling-naubise-highway-81-9-6 (5).jpg
mugling-naubise-highway-81-9-6 (6).jpg
mugling-naubise-highway-81-9-6 (7).jpg
mugling-naubise-highway-81-9-6 (8).jpg
mugling-naubise-highway-81-9-6 (9).jpg
mugling-naubise-highway-81-9-6 (10).jpg
mugling-naubise-highway-81-9-6 (11).jpg
mugling-naubise-highway-81-9-6 (12).jpg
mugling-naubise-highway-81-9-6 (13).jpg
mugling-naubise-highway-81-9-6 (14).jpg
mugling-naubise-highway-81-9-6 (1).jpg
mugling-naubise-highway-81-9-6 (2).jpg
mugling-naubise-highway-81-9-6 (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ