arrow

एनपीएलको फाइनल हेर्न को को पुगे नेताहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
npl-final-leaders-kirtipur.jpg

काठमाडौँ । प्रथम संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । 

शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि जितेको हो । 

उक्त फाइनल खेल हेर्न थुप्रै नेताहरुसमेत पुगेका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरु पुगेका थिए । 

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आफूलाई कर्मचारीदेखि नेताहरु, मन्त्रीहरुसम्मको पासका लागि निरन्तर फोन आएकोसमेत बताएका छन् । 

फाइनल खेलमा हजारौँ नेपाली दर्शक पुगेका थिए । 

कस्तो भयो फाइनल ?

१८५ रनको चुनौती जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ब्याट्सम्यान श्रीलंकाका लहिरु मिलान्थाले ४९ बलमा ८७ रन बनाए । 

त्यस्तै कप्तान आसिफ शेखले १९ बलमा ३३ तथा हर्ष ठाकेरले रन बनाए । कमजोर बलिङ गरेको सुदूरपश्चिमका स्कट कुग्गेलजिन, दिपेन्द्र सिंह ऐरी, सैफ जैब र इशान पाण्डेले १–१ विकेट लिए । 

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो १०.१ ओभरमा १०३ रन बनाएको सुदूरपश्चिमले दोस्रो दश ओभरमा भने अपेक्षाअनुसार रन जोड्न सकेन । 

पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेको सुदूरपश्चिमका लागि सैफ जैबले ४३ बलमा ६९ रन बनाए । त्यस्तै विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए । 

त्यसबाहेक सुदूरपश्चिमका खेलाडीहरुले खासै उल्लेखनीय ब्याटिङ गरेनन् । किशोर महतोले सर्वाधिक ३ विकेट लिए । त्यस्तै ललित राजबंशीले १ विकेट लिएका छन् । ललित र सुदूरपश्चिमका स्कटले लिगकै सर्वाधिक समान १७ विकेट लिएका छन् । 

यसअघिका दुवै भिडन्तमा सुदूरपश्चिमले जनकपुरलाई हराएको भए पनि फाइनलमा जनकपुरले बदला लिएको हो । 

जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग ८ विकेटले पराजित भएको थियो भने लिग चरणमा ७२ रनले पराजित भएको थियो । 

बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले हराउँदै फाइनल पुगेसँगै सुदूरपश्चिमसँग उपाधि भिडन्त गरेको थियो । 

उपाधि विजेता जनकपुरले एक करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएको छ । 

तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाएको छ । 
 

npl-final-leaders-kirtipur (1).jpg
npl-final-leaders-kirtipur (2).jpg
npl-final-leaders-kirtipur (3).jpg
npl-final-leaders-kirtipur (4).jpg
npl-final-leaders-kirtipur (5).jpg
npl-final-leaders-kirtipur (6).jpg
npl-final-leaders-kirtipur (7).jpg
npl-final-leaders-kirtipur (8).jpg
npl-final-leaders-kirtipur (9).jpg
npl-final-leaders-kirtipur (10).jpg
npl-final-leaders-kirtipur (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ