संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम जनकपुरमा सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
627
Shares
जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न भएको छ । संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि राष्ट्रिय एकता अभियान, जनकपुरले जनकपुरस्थित जानकीचोकमा गरेको धर्ना कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघीय हिन्दू गणतन्त्रको मागलाई जोडदार रूपमा उठाउँदै विभिन्न वक्ताहरूले आफ्ना धारणा व्यक्त गरे। धर्ना कार्यक्रममा मनीष पुर्बे, उर्मिलादेवी महतो, पंकज झा, दिपेन्द्र झा, प्रवीण राय, इन्दल पासवान, रामप्रमोद महतो र शम्भु साह लगायतको उपस्थिति रहेको थियो ।
आयोजकले संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि जनस्तरमा जागरण अभियानलाई तीव्र बनाउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जानकीचोकमा भएको यस कार्यक्रममा स्थानीयबासीहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
अभियानले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा जनचेतना फैलाउने योजना रहेको र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिने आयोजक पक्षले बताएको छ ।