arrow

मध्यराति कालिकोट हल्लायो, पश्चिम नेपालमा तेह्र दिनमा सात वटा भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
earthquake-final-------.jpg

काठमाडौँ । यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । 

सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर  स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । 

यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात रेक्टर स्केलको भूकम्प गयो ।

पुस छ गते बाजुरामा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जादा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार रेक्टर स्केलको र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको विभागले जनाएको छ । 

विभागका अनुसार शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको हो ।

विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । 

सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच सय पराकम्पन आएको सम्वद्ध जानकारको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ