arrow

नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा, को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
nepal-police-logo_1618051596.jpg

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ । मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो ।

सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन् । काठमाडौँ परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ ।

ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँलाई भने चलाइएको छैन । एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले दौडधूप जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ