कुमारी बैङ्कद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
438
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।
खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैङ्क लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो।
कुमारी बैङ्कले “कुमारी परिवार सुरक्षा बचत खाता” मा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बिमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ।
कुमारी बैङ्कले विगत ५ वर्ष देखि ग्राहकहरूको सुविधाका लागि “कुमारी परिवार सुरक्षा बचत खाता” योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।