arrow

शेरा दरबार जग्गा हिनामिनामा

शेरा दरबार जग्गा हिनामिना गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग प्रचण्डको आग्रह [भिडियो]

आफ्नै पार्टीको नाम जोडिएपछि समस्या, जोकोही भए त्यसलाई कानूनको दायरामा ल्याइनुपर्ने भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १८ बिहिबार
prachanda-09-18.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार जग्गा हिनामिनामा गैरकानूनी काम गर्ने तत्काल कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।
 
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रकरणमा संलग्नलाई कारबाही गरी उक्त जग्गा सरकारका नाममा ल्याउन आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारे ।

उनको पार्टीकै नाम मुछिएपछि प्रचण्डले भने, “कानून विपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु ।”
 
राज्य र सरकारको जमीन कुनै व्यक्तिले गैरकानूनीरुपमा आफ्नो नाममा ल्याउँछ भने जोकोही भए त्यसलाई कानूनको दायरामा ल्याइनुपर्ने उनको भनाइ थियो ।

उनले ललिता निवासको सयौँ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएजस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याएको खण्डमा सरकारलाई सहयोग मात्र नभई धन्यवाद दिने बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्री हुँदै गर्दा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूको बारेमा छलफल गर्दै गर्दा जो कोही पनि कानून मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिनुहुँदैन । मैले आफ्नै पार्टीका कोही नेता पनि दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ, राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानूनी रूपले व्यक्तिको नाममा गर्छ भने त्यो व्यक्ति जो कोही भए पनि कानूनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ । मैले त्यतिबेला छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो‍ भने पनि त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने प्रधानमन्त्री सायद म नै थिएँ । अहिले यही सेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ । दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौँ भनेको थिए । मैले अरू भन्नु केही पनि छैन । मैले खालि सरकारलाई के भन्छु भने कानून विपरीत काम भएको छ भने जसरी ललिता निवासको सयौँ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो । त्यसैगरी शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ