सरकारका आँखा नगएपछि नेपाल–चीन व्यापार प्रमुख मार्ग जोखिममा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
632
Shares
रसुवा । सरकारको आँखा नगएपछि देशका अधिकांश सडकको अवस्था गम्भीर खालकै छ । तर दैनिक रुपमा व्यापार आयात निर्यातको प्रमुख मार्गको हालत पनि दयनीय हुन्छ भनेर कल्पना गर्न गाह्रै पर्छ ।
ठ्याक्कै त्यस्तै दुर्दशा बेहोरेको छ । रसुवा र नुवाकोट सीमाना फलाखु खोलाको पुलले । पासाङ्ल्हामु मार्गअन्तर्गत रसुवा र नुवाकोटको सिमाना वेत्रावतीस्थित फलाखुखोला माथिको पक्की पुल जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायको ध्यान गएको छैन ।
नेपाल–चीनको व्यापार आयात निर्यातको प्रमुख मार्गमा पर्ने यो पुल मर्मत सम्भार नहुँदा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर – रासस