arrow

भ्रष्टाचारको छानबिन गर्न सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ - अर्जुननरसिंह केसी [भिडियो]

प्रचण्ड लक्षित अर्जुननरसिंह केसीको टिप्पणी: ओठे भक्तिको प्रदर्शनले देश बन्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
arjunnarsing-kc.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए ।

भ्रष्टाचार नियन्त्रणको निम्ति एउटा निष्पक्ष ढङ्गबाट न्याय दिन सक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गर्न आग्रह उनले गरे । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताएका छन् । शुक्रबार उनले अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा रहेको बताए । 

उनले आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति रहेको बताए । उनले सरकारमा हुँदा एउटा र सरकार बाहिर जाँदा अर्को कुरा नगर्न पनि प्रचण्डलाई सचेत गराए । भ्रष्टाचार मुक्त समाज निर्माण नभएसम्म सुशासन स्थापित हुन नसक्ने बताए ।

‘देश अत्यन्त जटिलतम र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशंकाको स्थिति छ । दण्ड विहीनता, विधि विहीनता र हामी सुशासनको नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ तर सुशासनको पहिलो र प्रमुख शर्त भनेको भ्रष्टाचार मुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज हुन सक्दैन, त्यति बेलासम्म सुशासन कायम हुँदैन । सुशासनको सट्टा अहिले दुःशासनको परिदृश्य निर्माण भएको अवस्था छ । एउटा कुरा मैले सम्मानित पूर्व प्रधानमन्त्री र अहिलेको प्रमुख प्रतिपक्ष दलको नेता हुँदाहुँदै के भन्न खोजिरहेको छु भने हामीले धेरै ब्लेन गेमहरु गर्‍यौँ । एउटाले अर्कोलाई दोष लगाउने, सत्ता बाहिर गयो, सबैभन्दा बढी पवित्र हुने, सत्तामा हुँदा जो भए पनि बिर्सिने खालको परिस्थिति छ, त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ । एउटा मानक बनाऔँ भ्रष्टाचार नियन्त्रणको निम्ति । त्यसको निम्ति हामी सबै तयार हौँ । भ्रष्टाचार निवारण गर्न मुखले ओठे भक्ति गरेर मात्रै होइन, अहिलेसम्म नेपालमा चर्चित भ्रष्टाचार, संसदमा उठेका पक्ष, विपक्षले उठेका भ्रष्टाचारको छानबिन गर्न नेपाली जनताले चिनेको निष्पक्ष ढङ्गबाट न्याय दिन सक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको सर्वोच्च शक्ति सम्पन्न समिति गठन गरौँ ।’

नेता केसीले सत्तामा पुगेकाहरूलाई जानीजानी भ्रम फैल्याएर बदनाम गर्न खोजिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ