arrow

मेरी दिदी 

logo
कविता गौतम, 
प्रकाशित २०८१ पुष २० शनिबार
kabita-gautam-81-9-20.jpg

सँगै हुँदा झगडा गर्ने 
फेरि टाढा भइरहन पनि नसक्ने
कहिले आमाको गाली खुवाउने
कहिले आफैँ गाली गर्ने 
कहिलेकाहिँ केही गल्ती गरे पनि लुकाइदिने
मेरो खुशीका लागि आफ्नै खुशी त्याग्न सक्ने
नबुझ्ने जिद्दी 
तर समझदार 
मेरी दिदी असाध्यै माया गर्ने 
तर नदेखाउने
सधैँ आफ्नै आँखा वरिपरी राख्न खोज्ने
तर नबताउने 
आँखामा राख्दा पनि नबिझाउने 
मेरी दिदी ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ