arrow

हल्लै नगरी हलचल मच्याउने भूकम्प

के ठूलै भूकम्पको धक्का जाँदैछ ? यसो भन्छन् भूकम्पविद्हरु

भूकम्पबाट तिब्बतमा अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु, १३० जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । 

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए । भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे ।  

आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए । 

“पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,” उनले भने, “तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।”

 तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर गएको ७ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कम्तीमा ९५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार १३० जना घाइते भएका छन् ।

सिन्ह्वाले ६.८ रेक्टर स्केल बताएको छ भने बीबीसीले भने ७.१ रेक्टर स्केल भनिरहेको छ । 

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाली समयअनुसार बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा ७ रेक्टर स्केलको भूकम्प गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ