arrow

भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति, तिब्बतमा १२६ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
earthquake-tibet-25-1-7yj.jpg
तस्बिर –भूकम्पले ध्वस्त तिब्बतका घरहरु, सिन्ह्वा ।

सोलुखुम्बु । आज बिहान गएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण क्षति भएको छ भने सोही वडाको थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको पोष्ट भवनमा सामान्य क्षति भएको छ । 

यस्तै थुलुङ दूधकोशी गाउँपालिका–७ देउसा लुरूवा बस्ने वर्ष ५० को हर्कबहादुर खत्रीको घरमा आंशिक क्षति पुगेको छ । माप्य दूधकोशी–१ जुभिङका पञ्चबहादुर कामी र निङ्गा नुरू शेर्पाको ढुङ्गा माटोले बनेको घरमा पनि सामान्य क्षति पुगेको प्रनाउ घिमिरेको भनाइ छ । 
 
यस्तै सोताङ गाउँपालिका–३ नार्केलका चेतन बस्नेत र सोही ठाउँका जनक बस्नेतको दुईतले, ढुङ्गामाटोले बनेको घरमा सामान्य क्षति पुगेको छ । 

जिल्लाको लिखुपिके गाउँपालिका–४ लेब्लु बस्ने कमलकिशोर कार्कीको ढुङ्गामाटो र टिनको छाना भएको तीनतले घर पनि भूकम्पकै कारणले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।

नेपाल–चीनको सीमा तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दू भएर गएको ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ