arrow

तिब्बतमा भूकम्पपछि १२ सय बढी परकम्पन

१२६ जनाको मृत्यु, १८८ जना घाइते, ४०७ जनाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २५ बिहिबार
earthquake-tibet-25-1-7yj.jpg

काठमाडौँ ।  दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३:०० बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
   
चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ रेक्टर स्केलको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । 

भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।

क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ