arrow

भिडियोमा राप्रपाको चियापान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
oli-rpp-chiyapan.jpg

काठमाडौँ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह आयोजना गरेको थियो । 

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो । 

चियापान समारोहमा पुगेएका प्रधानमन्त्री ओलीसहितका नेताहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वागत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ