arrow

कुमारी बैंकको साधारण सभा माघ २१ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २८ आइतबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ । साथै आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ माघ १० गतेसम्म शेयर खरिद गरी कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ