arrow

स्वस्थानी व्रतकथा प्रारम्भ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
swasthani-2081.jpg

काठमाडौँ । आजदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ । वैदिक सत्य सनातन परम्पराअनुसार आफ्ना वरपरका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमासअनुसार माघ महिनालाई विशेष रूपमा लिने गरिन्छ । 

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्ति पीठको पूजाआरधना गरिन्छ । सतीदेवीको अङ्ग पतन भएका शक्तिपीठहरुमा विशेष मेला लाग्दछ । 

आजबाट काठमाडौँको शालीनदीमा स्नान गरी स्वस्थानी व्रतकथा प्रारम्भ गर्नेहरूको भीड रहेको छ । आइबारदेखि नै व्रतालुहरू शालीनदीमा पुगि जाग्राम बसेर बिहानै स्नान गरी स्वस्थानी व्रत प्रारम्भ गरेका छन् । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत प्रारम्भ गरिन्छ ।

 बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।  एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्त चन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ