arrow

माधवनारायण स्वस्थानीका व्रतालुहरू परदेश यात्रा गर्न पशुपतिनाथमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
swasthani-bratalu-81-10-16-.gif

काठमाडौँ । एक महिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालुहरू परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन् । बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन् ।

पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार साँझै पशुपतिनाथ आएका हुन् । एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवम् रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन् ।

पौष शुक्ल पूर्णिमादेखि सुरू भएको व्रत माघ शुक्ल पूर्णिमासम्म लाग्नेछ। माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हातरगोडाको नङ काटी, एकचित्त भई, निराहार बस्ने, पूर्णिमाको बिहानै नदीमा स्नान गरी पूजा गर्ने, शंख जल ग्रहण गरी मन्त्रोच्चारण गर्ने प्रचलन छ ।

मन्त्रोच्चारण गरेपछि शंख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ। माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ। स्वस्थानी र माधवनारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास रहिआएको छ।

एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन् ।

swasthani-bratalu-81-10-16 (1).jpg
swasthani-bratalu-81-10-16 (2).jpg
swasthani-bratalu-81-10-16 (3).jpg
swasthani-bratalu-81-10-16 (4).jpg
swasthani-bratalu-81-10-16 (5).jpg
swasthani-bratalu-81-10-16 (6).jpg
swasthani-bratalu-81-10-16 (7).jpg
swasthani-bratalu-81-10-16 (8).jpg
swasthani-bratalu-81-10-16 (9).jpg
swasthani-bratalu-81-10-16 (10).jpg
swasthani-bratalu-81-10-16 (11).jpg
swasthani-bratalu-81-10-16 (12).jpg
swasthani-bratalu-81-10-16 (13).jpg
swasthani-bratalu-81-10-16 (14).jpg
swasthani-bratalu-81-10-16 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ