arrow

नेपाल आइपुगे नवनियुक्त जापानी राजदूत तोरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
mayada-toru-japan-ambassador.jpg

काठमाडौँ । नेपालका लागि जापानका राजदूत मायडा तोरू पदभार समाल्न नेपाल आइपुगेका छन् । उनले राजदूतका रूपमा नेपालमा कार्यभार सम्हाल्न आइपुगेको जानकारी गराएका हुन् ।

जापानको पुरानो मित्रका रूपमा रहेको भव्य हिमालहरूको घर नेपालमा आइपुग्दा आफूलाई खुसी लागेको राजदूत तोरूले सुरूमा उल्लेख गरेका छन् । 

नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै गत वर्ष मे महिनामा तत्कालीन विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण आदानप्रदान भएको पनि उनले स्मरण गरेका छन् ।

दुई देशबीचको सम्बन्धलाई अझ राम्रो बनाउन यस अवसरको अधिकतम उपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ