arrow

प्रदेश प्रमुखबाट भूकम्प सुरक्षा दिवसको शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
doti-earthquake1.jpg

बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पको सम्भावित क्षतिबारे आत्तिनुभन्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने बताएका छन् । सत्ताइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०८१ का अवसरमा जारी शुभकामना सन्देशमा उनले भूकम्पीय सचेतना र सुरक्षाको महत्वलाई आम समुदायसमक्ष पुर्‍याउन आवश्यक छ भने । 

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पको सम्झनामा मनाइने यो दिवसले नागरिकमा सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वासका साथ प्रदेश प्रमुख देवकोटाले शुभकामना व्यक्त गरे । यस वर्षको दिवस ‘भूकम्पले सिकाएको पाठः बलिया संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित मनाइँदैछ । 

सन्देशमा  भूकम्प प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न नसकिने तर सुरक्षित संरचना, सावधानी र पूर्वतयारीका उपाय अपनाएर यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने उल्लेख छ । “हामीले बलिया र सुरक्षित संरचना निर्माणमा ध्यान दिनुका साथै सम्भावित क्षतिलाई न्यून गर्न पूर्वसावधानी र प्रतिकार्यका उपाय अपनाउनुपर्छ”, सन्देशमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ