रोहित र विराटलाई समेटेर च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
556
Shares
मुम्बई । आगामी महिना हुने च्याम्पियन्स ट्रफी क्रिकेटका लागि भारतीय टोलीको घोषणा भएको छ । मुख्य चयनकर्ता अजित अगरकर र कप्तान रोहित शर्माले शनिबार पत्रकार सम्मेलन गरी १५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । च्याम्पियन्स ट्रफी २०२५ फेब्रुअरी १९ देखि पाकिस्तान र यूएईमा शुरु हुँदैछ ।
रोहित र विराट कोहली फर्ममा नहुँदा हटाउने खतरा रखेको थियो भने च्याम्पियन्स ट्रफीमा पराजित भए मुख्य प्रशिक्षक गौतम गम्भीर पनि हटाइन सक्ने खतरा छ ।
भारतीय टोलीले फेब्रुअरी २० बाट आफ्नो अभियान शुरु गर्नेछ । जसअनुसार फ्रेबुअरी २० मा भारतले पहिलो खेल बंगलादेशसँग खेल्नेछ । जुन खेल यूएईको दुबईमा हुनेछ ।
आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न नमानेपछि यूएईमा हुन लागेको हो ।
प्रतियोगितामा ८ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स ट्रफी ८ वर्षपछि फर्कदैछ । यसअघि यो प्रतियोगिता सन् २०१७ मा खेलिएको थियो ।
भारतीय टिमः
रोहित शर्मा (कप्तान), विराट कोहली, शुभमन गिल (उपकप्तान), श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त, रविन्द्र जडेजा।