arrow

आज थप इतिहास रच्ने दिन

खोखोमा नेपालले राख्यो रेकर्ड, विश्वकपको उपाधिका लागि महिला र पुरूष टोलीको भिडन्त भारतसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ६ आइतबार
kho-kho-nepal-worldcup-male.jpg

काठमाडौँ । नेपाली खो खो खेलले विश्वकपको फाइनलमा पुगेर इतिहास रचिसकेको छ । नेपाली कुनै पनि खेलकुदको विश्वकपको फाइनलमा पुग्ने खो खो पहिलो खेल हो । 

भारतमा जारी विश्वकपको महिला र पुरुष दुवैतर्फ नेपाल फाइनलमा पुगेर रेकर्ड बनाइसकेको छ । फाइनलमा नेपालका दुवै टोलीले उपाधिका लागि भारतसँग खेल्नेछन् । 

सेमिफाइनलमा नेपालको महिला टिमले युगाण्डालाई ८९–१८ ले तथा पुरुष टिमले इरानलाई ७२–२० ले पराजित गर्दै फाइनल पुगेको हो ।

दुवै फाइनल खेल आज राति सम्पन्न हुनेछन् । नयाँदिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा महिलातर्फको फाइनल बेलुका ७ बजे शुरु हुनेछ भने पुरुषतर्फको फाइनल खेल राति ८ः१५ देखि शुरु हुनेछ । 

अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपाल महिलातर्फ अपराजित रहँदै र पुरुषतर्फ एक खेल हारेर फाइनलमा पुगेको हो । पुरुषतर्फ नेपाल पहिलो खेलमा भारतसँगै पराजित भएको थियो । 

महिलातर्फ नेपाले समूह चरणमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

त्यसैगरी क्‍वार्टरफाइनलमा इरानलाई १०३–८ ले तथा सेमिफाइनलमा युगाण्डालाई ८९–१८ ले पराजित गरेको हो ।

यसैगरी पुरुषतर्फ समूह चरणमा भारतसँग ४२–३७ ले पराजित हुँदा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्रजिललाई १३४–८ ले तथा भुटानलाई ९८–८ ले हराएको थियो ।

क्‍वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले तथा सेमिफाइन्लमा इरानलाई ७२–२० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ