पोखरा । मकवानपुरमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ३ ईचुङकी ५३ वर्षीय चमेलीमाया पाख्रिन छन् ।
शनिबार अपरान्ह करिब ४ बजे घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएकी पाख्रिनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।