arrow

ग्याँस सिलिन्डर अगाडि राखेर खोले राजेन्द्र महतोले पार्टी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
rastriya-mukti-party-201.jpg

काठमाडौँ । मधेसको राजनीति गर्दै आएका राजेन्द्र महतोले नयाँ पार्टी खोलेका छन् । उनको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । 

निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ ।

‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा ‘राष्ट्रिय मुक्ति पार्टी नेपालू नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको छ,’ अध्यक्ष राजेन्द्र महतोले जारी गरेको सूचनामा भनिएको छ, ‘चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डासमेत प्रदान गरिएको छ।’

उनका अनुसार दल दर्ता नं २०१ कायम भएको छ। स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरी सक्रियता साथ पार्टीमा लाग्न महतोले अपील पनि गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनले नयाँ अलग्गै पार्टी दर्ता गरेका हुन्  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ