arrow

प्रण

logo
कविता गौतम,
प्रकाशित २०८१ माघ १२ शनिबार
kabita-gautam-81-10-12.jpg

एक्लै सङ्घर्ष गर्दैछु
न त मेरो अगाडि कोही छन् 
न मेरो पछाडि कोही छन् 
म लड्दै छु जिन्दगीसँग  
थाहा छैन कतिबेला पछारिन्छु
कहिलेकाहिँ लाग्छ म आफैँ अभागी छु
अरुलाई भाग्य दिन कहाँ सक्छु र ?
अनि म आफैं दुःखी छु सधैँ 
अरुलाई सुख दिन कहाँ सक्छु र ?
म आफैँ एक्ली छु
अरुलाई तिमी साथ देउ भन्न कहाँ सक्छु र ?
                       तर
ठीक छ मलाई असफलता पनि स्वीकार छ 
जीवनमा लड्नु, ढल्नु नै मेरो लागि ज्ञान त हो
हार्नु जति हारिसकियो
कमजोर बनाउनु बनाइसके 
अब यसरी हुन्न 
अब म सङ्घर्षको मैदानमा उत्रिनु छ 
अनि देखाउनु छ तिनीहरुलाई  
जो मेरो असफलतामा ताली बजाउँथे
अब जित्नु छ हिजोको मलाई 
अनि पूरा गर्नु छ हिजो देखेका 
ती सारा अपुरा सपनाहरूलाई 
जुन सपनाहरु मेरा अधुरै रहेका थिए 
अब देखाउनु छ मेरा खुबीहरु 
जुन मैले बिना पैसा 
आफ्नो खुबी प्रस्तुत गर्न सकेकी थिइन 
अब मलाई 
अरुले देखेको म होइन 
मैले देखेको 
म बन्नु छ 
जुन म 
अरुसँग तुलना गर्न नपरोस् 
अब मेरा यी रोकिएका पाइलाहरुलाई 
अगाडि सार्नु छ 
आफूलाई अझै धेरै तिखार्नु छ
आफूलाई साहसी बनाउनु छ 
आफूलाई अझै धेरै निखार्नु छ
अनि जित्नु छ मलाई 
प्रण भयो 
चिनिनु छ कसैले नचिनेको मलाई 
बाँच्नु छ मलाई 
अनि बचाउनु 
छ मेरो अस्तित्वलाई ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ