arrow

हामी नेपाली

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ माघ १२ शनिबार
beti-bajracharya-81-10-12.jpg

आलोकित भएन किन ?
तथागतको त्यो पञ्चशील
बुद्ध जन्मेको देशका हामी
ओठले गरिरहन्छौँ प्रार्थना
सधै भरि सधै भरि 
बुद्धं शरणं गच्छामी
धर्मं शरणं गच्छामी
संघं शरणं गच्छामी
बुद्ध बचन मध्यम मार्ग
हामी हौँ अनुशासित वर्ग
छैन लोभ लालच
हामी वीर जाति
गर्वित छौँ भएकामा नेपाली 
इमानदारी हाम्रो पहिचान
कहिले झुकेन शिर हाम्रो 
स्वाभिमानी हामी स्वाभिमानी
हाम्रा छन् वीर सैनिक
हाम्रा छन् वीर प्रहरी
हर आपत् विपत्मै अगाडि बढी
कति कति कर्तव्यपरायण सबै
हामी सम्झिरहन्छौँ 
हाम्रा महान् पुर्खाहरुलाई 
हाम्रा विभूति हाम्रा महान् ती सबै
किन भएनौँ व्यवहारिक हामी
बुद्ध स्वयं साह्रै दुःखी
लुम्बिनीमा चाहेनन् बस्न
छ समय अझै
भनौँ मिलिजुली
हामी शान्तिदीप जाति
हामी नेपाली । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ