जिन्दगीदेखि हार खाएको त होइन
तर
भाग्य र समयले
साथ नदिएपछि
कतिपय कुरा
आफूले मात्र चाहेर
नहुने रहेछ
कसको बाध्यता
कसलाई थाहा हुन्छ र
सायद
कसको जिन्दगी होला र
चोट पीडा नदिएको
काँडाको बीचमा फुल्नु नै
फलको बाध्यता होला
अनि
चोटहरुको बीचमा बाँच्नु नै
मानिसको जीवनको बाध्यता होला ।