arrow

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
helicopter-army-81-6-13.jpg

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-६ की एक सुत्केरीलाई बुधबार हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

उनलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकै बेला सघन उपचार कक्षको आवश्यकता पर्न सक्ने भएकाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिए । 

उनका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । 

बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो । 

उनलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ