arrow

बिचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौँ - प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
prachanda-parliament-11-24.jpg

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरू पुनः खोल्ने बताएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरू पुनः खोल्ने बताएका हुन् । उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने बताए । उनले बिचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे । उनले अहिलेको सरकारसँग जना खुशी नभए पनि बिचौलिया र स्वार्थ समूहहरू खुशी रहेको बताए । 

प्रचण्डले भने, ‘अहिले जनता सरकारसँग दुःखी भए पनि बिचौलिया र स्वार्थ समूहहरू खुशी छन् । तर, स्बार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईँहरूले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईँहरूले कब्जा गरेका राज्यका स्रोत र संशोधन सधैँका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरू फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ यी अपराधका फाइल । फेरि शुरु गर्नेछौँ लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठजोड ।’

उनले सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ