arrow

ट्रम्पको बाटोमा इजरेल, अब मानवअधिकार परिषद्‌मा भाग नलिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २५ शुक्रबार
trump-netanyahu-peace-plan.jpg

काठमाडौँ  । इजरेलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद्‌ (यूएनएचआरसी) लाई इजरेलले अब यसमा भाग नलिने जानकारी दिएका छन् । 

इजरेलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो ।

सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेखे,“मानव अधिकार परिषदमा इजरेल विरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।”

सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरेललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ ।

“सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरेल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।”

इजरेली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे,“राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरेलले अब परिषद्‌मा भाग नलिने उल्लेख गरेको छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ