arrow

पूजाको थाली

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ माघ २६ शनिबार
beti bajcharya-81-10-26.jpg

देखेँ तिमीलाई मैले
मन मन्दिरको आसनमा
भएन ज्ञान कुन कालदेखि
तिमी त्यो आसनमा 
म प्रतिक्षारत थिएँ
युग युग देखिनै
कृतज्ञ छु समयदेवीको
दर्शन तिम्रो वास्तवमा पाएँ
दियो कसले श्राप
तिम्रो मन्दिरसम्म पुग्न मलाई 
आज मैले पूजाको थाली सजाएकी छु 
कृपया गर स्वीकार
सदा पर्खिरहने छु ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ